00:00:00
खेलकुद

तानसेनमा पाल्पा गोल्ड कफ फुटवल प्रतियोगिता हुने  

सोमबार जेठ १, २०८०/ Monday 05-15-23

पाल्पा १ जेठ 
   पाल्पामा  राष्ट्रिय स्तरको कर्णेल उजीर सिंह पाल्पा गोल्ड कप फुटवल प्रयोगिता संचालन हुने भएको छ । पाल्पा गोल्ड कप यही जेष्ठ १२ गतेदेखी २७ गतेसम्म तानसेनको नव निर्मित्त टुडिखेल मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा पाल्पा, रुपन्देही, नवलपरासी, कपिलबस्तु, बाके, स्याङ्गजा, कास्की, चितवन र काठमाडौका गरी १६ टिमहरुको सहभागिता रहने छ । पाल्पामा ३३ बर्ष पछि फुटवल प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३ लाख, ट्रफी मेडल र प्रमाणपत्र, द्धितिय हुनेलाई नगद १ लाख ५० हजार, ट्रफी मेडल र प्रमाणपत्र, प्रत्येक दिनको म्यान अफ दि म्याच लाई नगद ३ हजार र उत्कृष्ट गोल रक्षक, डिफेण्डर, सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता लाई नगद ६ हजार प्रदान गरिने आयोजक पाल्पा फुटवल संघले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । 
संघले प्रतियोगिताको मुख्य प्रायोजकको लागी ७ लाख, सह प्रायोजक ४ लाख र व्यानर १५ दररेट तोकेको छ । प्रतियोगिताको लागी विभिन्न व्यक्ति क्लव तथा स्थानीय निकायबाट सहयोग जुटाएको फुटवल संघ पाल्पाका अध्यक्ष प्रणय विरजंग राणाले बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्नको लागी ५१ सदस्यीय मुल आयोजक समिती, ८ वटा विभिन्न उप समितीहरु गठन गरिएका छन । 
प्रतियोगोतिमा १३ बर्ष सम्मको वालवालिका लाई निशुल्क, अस्थायी प्याराफिटमा बस्ने दर्शक लाई ७० रुपैया, ग्राण्डमा बस्ने दर्शक लाई ५० रुपैया, जेष्ठ नागरीकहरु लाई पचास प्रतिशत छुटमा, प्रतियोगिता भरीको लागी २ हजार ५ सय रुपैया टिकटको व्यबस्था मिलाएको संघका अध्यक्ष राणाले जानकारी दिनुभयो । 
 

तपाईको प्रतिक्रिया