तिलोत्तमा ११ गाईघाटमा अज्ञात समुहले गर्यो जेसिबी र ट्याक्टरमा आगजनी
प्रकाश पाण्डे,तिलोत्तमा
२०८० साउन १
गयराती रुपन्देहीको तिलोत्तमा ११ गाईघाटमा अज्ञात समुहले गरेको आगजनीका कारण जेसिबी र ट्याक्टर जलेर क्षतिग्रस्त भएका छन् ।
गाईघाट निवासी गोबिन्द अधिकारीको घरमा पार्किंग गरिराखेको ना १ क ५०८७ नम्बरको जेसिबी र लु ३ क ३३७७ नम्बरको ट्याक्टरमा आगलागीले क्षति पुर्याएको स्थानीय प्रतक्ष्यदर्शीले जानकारी दिएका छन् । घरका सदस्य सुतिरहेको समयमा राति आगजनी गरिएपनि घरका सदस्यले भने बिहान ४ बजे मात्रै घटनाबारे जानकारी पाएको बताए ।
जेसिबीका शिसा र तार पडकिन थालेपछि बल्ल थाह पायौ, घरधनि अधिकारीले भनुभयो । त्यसलगत्तै प्रहरी र दमकललाई खबर गरिएको तथा बिहान ५ बजे तिलोत्तमा नगरपालिका र सिद्धार्थ नगरपालिका बाट आएका २ वटा दमकलले आगो नियन्त्रणमा लिएका थिए ।
घटनास्थलमा अहिले प्रहरी पुगिसकेको र थप छानबिन भैरहेको इलाका प्रहरी कार्यालय मंगलापुरले जानकारी दिएको छ । प्रहरीका अनुसार आगजनीबाट जेसिबी र ट्याक्टरमा ठुलो क्षति पुगेको छ भने घटना संकास्पद रहेकाले यसै भन्न नसकिने तथा छानबिनपछि नतिजामा पुग्न सकिने जनाएको छ ।
तपाईको प्रतिक्रिया