00:00:00
अर्थ/वाणिज्य

मिलिजुली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२ औँ वार्षिक साधारण सभा सम्पन्न

आइतबार कार्तिक १९, २०८०/ Sunday 11-05-23

प्रकाश पाण्डे / तिलोत्तमा ।  मिलिजुली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तिलोत्तमा ८, सूर्यपुरा रुपन्देहीको २२ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

तिलोत्तमा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष कृष्ण प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्ष हिरालाल खनालले पेश गर्नुभएको आर्थिक वर्ष २०७९  / ०८० को वार्षिक प्रगति प्रतिवेदन सर्बसम्मतिले पारित भएको छ । 

सो अवसरमा लेखासमितिको प्रतिबेदन प्रस्तुत गर्दै लेखा संयोजक तेजप्रसाद भट्टराईले संस्थाको हाल कुल पुँजी ११ करोड ६९ लाखको हाराहारीमा रहेको बताउनुभयो । साथै उहाँले गत आर्थिक वर्षमा सस्थाले साढे १० करोडको हाराहारीमा ऋण प्रवाह गरेको जनाउदै सस्थाले वर्ष २०७९ ÷ ०८० मा १० लाख ४५ हजार खुद मुनाफा गर्न सफल भएको जानकारी दिनुभयो ।

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कृष्णप्रसाद पौडेलले बचत तथा ऋणको मात्रै कारोबार गर्ने सहकारीहरुको भिडमा मिलिजुली बहुउद्देश्यीय सहकारी संस्थाले गर्व गर्न लायक काम गरेको भन्दै संस्थाको प्रसंशा गर्नुभएको थियो ।

 सस्थाका उपाध्यक्ष्य बिष्णु प्रसाद पाण्डेयले, सहकारीले कृषिलाई उत्पादनसंग जोडेर आम शेयर सदस्यको जीवनस्तर उकास्ने गरि उत्पादनमैत्री क्षेत्रमा लगानी गरिरहेको बताउनुभयो ।  साथै उहाँले र्सस्थालाई उत्पादनमुखी बनाउन हरसम्भब प्रयास भैरहेको जानकारी दिनुभयो । 

सो अवसरमा तिलोत्तमा ८ का वडा सदस्य कमला पराजुली, सस्थापक शेयर सदस्य चक्रपाणी आचार्य, सदस्यहरु गोबिन्द गौतम, इश्वरी न्यौपाने लगायतले बोल्दै संस्थाले अन्य सहकारीको बीचमा आफुलाई नमुना र अब्बल स्थापित गर्न सफल भएको बताउनुभयो ।

पूर्व अध्यक्ष, उपाध्यक्ष्य, सल्लाहकार, संचालक समिति सदस्यहरु, लेखा समिति, ऋण लगानी उपसमिति, शिक्षा उपसमिति, महिला उत्प्रेरणा उपसमिति तथा खेलकुद एवं अतिरिक्त क्रियाकलाप उपसमिति सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा तिलोत्तमा ८ सूर्यपुरा निवासी जेष्ठ महिला सदस्य हुमाकान्ंती अधिकारी, जेष्ठ पुरुष सदस्य तिलोत्तमा ७ सखुई निवासी पशुपतिनाथ पन्थी र असल ऋणी तिलोत्तमा ९ नन्दंबन निवासी ओम प्रकाश पाण्डेयलाई सम्मान गरिएको थियो ।

 सो अवसरमा २०८० सालको कक्षा १२ को परिक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने सामुदायिक तथा संस्थागत बिद्यालयमा अध्ययनरत ४ जना शेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको कार्यक्रममा सस्थाका उपाध्यक्ष्य बिष्णु प्रसाद पाण्डेको स्वागत मन्तब्य र प्रकाश पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका शेयर सदस्य डुगेन्द्र ज्ञवाली एवं रमेश पाण्डे लगायतले संस्थालाई विभिन्न शीर्षकमा सल्लाह एवं सुझाव दिनुभएको थियो । संस्थामा हाल ८०६ जना शेयर सदस्यहरु आवद्ध रहेका छन ।

तपाईको प्रतिक्रिया