लुम्बिनी स्पोर्ट्स क्लवको रुपन्देही स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुपौलीमा जारी
तिलोत्तमा । भदौं २९ गते । रुपन्देही विद्यालयस्तरीय किड्स एण्ड टिन्स तथा खुल्ला भुपु सैनिक ब्याडमिन्टन प्रतियोगिता २०८१ तिलोत्तमामा जारी छ । आइतबारसम्म चल्ने प्रतियोगिता तिलोत्तमा १४ सुपौलीस्थित लुम्बिनी स्पोर्ट्स क्लवको कभर्ड हलमा आयोजना गरिएको क्लवका सहसचिव तथा प्रतियोगिता संयोजक सुन्दर गुरुङले जानकारी दिनुभयो ।
भदौ ३० गतेसम्म चल्ने प्रतियोगितामा २० वटा विद्यालयबाट ८० टीमले प्रतिस्प्रर्धा गरिरहेका छन भने भुपु सैनिकतर्फ रुपन्देही र काठमाण्डौंका समेत गरि ३६ टीमले सअभागिता जनाएको गुरुङले बताउनुभयो । वहाँले तिलोत्तमालाई ब्याडमिन्टन तथा पर्यावरणमैत्री नगरपालिका बनाउने उद्धेश्यसहित आयोजना गरिएको जारी प्रतियोगिता लगत्तै प्रदेश तथा राष्ट्रियस्तरको ग्रतियोगिता आयोजना गर्ने तैयारी भैरहेको तथा तिलोत्तमामा ब्याडमिन्टन महोत्सव गर्ने जानकारी दिनुभयो ।
जारी प्रतियागिताका लागी क्लवले ब्याडमिन्टनका भारतिय अण्डर १९ च्याम्पियन खेलाडी सुशान्त सिंह राजपुतलाई मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध गरेको छ । बालबालिकाहरुमा अन्तरनिहित प्रतिभालाई निखार्दै प्रोफेशनल खेलाडी उत्पादन गर्ने गरि आयोजित विद्यालयस्तरीय किड्स एण्ड टिन्स छनौट प्रतियोगितामा गल्र्स र ब्वाईज तर्फ सिंगल इभेन्ट्समा भिडन्त भैरहेको छ भने सेवा निवृत सेना एवं प्रहरी भने डबल्स भिडन्तको दौडमा छन ।
तपाईको प्रतिक्रिया