रुपन्देहीस्तरीय किड्स एण्ड टिन्स प्रतियोगिता सम्पन्न
भुपु सैनिकतर्फ जीवन बलाल र भुवन थापा प्रथम
तिलोत्तमा । असोज १ गते । रुपन्देहीस्तरिय किड्स एण्ड टिन्स तथा भूपु सैनिक व्याडमिन्टन प्रतियोगिता लुम्बिनी स्र्पोटस् क्लबको कर्भड हल सुपौलीमा सम्पन्न भएको छ । २ दिनसम्म चलेको प्रतियोगितामा छात्र ११ बर्षतर्फ नोबल इन्भायरोमेन्ट एकेडेमीका डेनिस थापा प्रथम, सुसान्त दगामी दोस्रो र नमुना वोडिङ स्कुलका मन्दिप पुन तथा अक्सर्फोड बोडिङ स्कुलका क्रिमन थापा तेस्रो भए ।
छात्र १३ बर्ष तर्फ नोबल इन्भायरोमेन्ट एकेडेमीका डेनिस थापा प्रथम, सुसान्त दगामी दोस्रो नव प्रभात बोडिङ स्कुलका सुमित सिंजाली र नोबल इन्भायरोमेन्ट एकेडेमीका क्षितिज राना तेस्रो भएका छन । छात्र १५ बर्ष तर्फ मिर्नवा वोडिङ स्कुलका विवेक क्षेत्री प्रथम, नोबल इन्भायरोमेन्ट एकेडेमीका लेलिन राना दोस्रो र ज्ञानगंगा पाठशाला स्कुलका ओमबहादुर पछाई र संदिप कुवर तेस्रो भए ।
यसैगरी छात्र १७ बर्षतर्फ एभरेष्ट वोडिङ स्कुलका संजोक थापा प्रथम, मिर्नवा वोडिङका विवेक क्षेत्री दोस्रो, नोबल इन्भायरोमेन्टका दिनेश बुढा र लेलिन राना तेस्रो भएका छन । छात्रा १३ बर्षतर्फ नोबल इन्भायारमेन्ट एकेडेमीका प्रकृया गुरुङ प्रथम, तनिशा रेग्मी दोस्रो हुदा १५ बर्षतर्फ लुम्बिनी ज्ञानज्योती वोडिङ स्कुलका पल्पसा पुन प्रथम, नोबल इन्भायरोमेन्ट एकेडेमीका प्रकृया गुरुङ दोस्रा भएका छन ।
यस्तै छात्रा १७ बर्षतर्फ लुम्बिनी ज्ञान ज्योती बोडिङ स्कुलका पल्पसा पुन प्रथम र सेन्ट जोसेफ बोडिङ स्कुलका भिमिसा पुन दोस्रो भए । खुल्ला भूपु सैनिक तर्फ भने फिट एण्ड फाइन क्लबका जीवन बलाल र भुवन थापाको जोडि प्रथम, लुम्बिनी स्र्पोट्स क्लबका निरबहादुर राना र खम रासकोटीको जोडी दोस्रो र फिट एण्ड फाइनका पुर्ण राना र प्रितम सारु साथै सराई युवा क्लब पाल्पाका खेम बहादुर सारु र पूर्णबहादुर घर्तीको जोडी तेस्रो भएका छन ।
आइतबार सम्पन्न खेलमा तिलोत्तमा वडा नम्बर १४ का वडाध्यक्ष अश्बिन पौडेल, लुम्बिनी ज्ञान ज्योतीका प्रबन्ध निर्देशक जितेन्द्र शाही, नोबल इन्भायरोमेन्ट एकेडेमीका प्रबन्धक सुन्दर गुरुङले पुरस्कार वितरण गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका गर्नुभएको थियो । माउण्ट एभरेष्ट कत्था मिल्सको मुख्य प्रायोजन रहेको प्रतियोगिताको अध्यक्षता क्लबका अध्यक्ष प्रत्त बहादुर पुन, स्वागत क्लबका उपाध्यक्ष राजेन्द्र गुरुङ तथा सञ्चालन सचिव विष्णु दगामीले गर्नुभएको थियो । प्रतियोगितामा भूपू सैनिक तर्फ देशभरका ३६ वटा टिम सहभागी रहेको थियो भने किड्स एण्ड टिन्स तर्फ रुपन्देही जिल्लाको २० वटा स्कुलका ८० टिम सहभागी रहेका थिए ।
तपाईको प्रतिक्रिया