00:00:00
खेलकुद

झरना रनिङशिल्ड फुटबलको अन्तिम तथा फाइनल खेल आज हुदै

शनिबार असोज १९, २०८१/ Saturday 10-05-24

प्रकाश पाण्डे । असोज १९ गते  । रुपन्देहीमा जारी ३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगिताको अन्तिम तथा फाईनल खेल आज हुदैछ । उपाधीका लागी जिल्लाका २ प्रतिष्ठित क्लवहरु आयोजक झरना स्पोर्ट्स क्लव र लिस्नु युवा क्लब कोटीहवा भिडदैछन । तिलोत्तमा ६ कुन्जलापुरस्थित उमा आधारभुत विद्यालयको खेल मैदानमा आज अपरान्ह ३ बजेबाट खेल शुरु हुने आयोजक झरना स्पोर्ट्स क्लव कुन्जलापरका अध्यक्ष धनेन्द्र पौडेलले जानकारी दिए ।

फाईनल खेलको सम्पुर्ण तयारी पुरा गरिएको जानकारी दिदै पौडेलले आजको टिकटबाट दर्शकहरुका लागी बम्पर उपहारको ब्यवस्था गरिएको बताए । आजका दवै फाईनालिष्ट टोलीहरु उत्कृष्ट लयमा रहेका टोलीहरु हुन । लिस्नुले सेमीफाइनलमा जनज्योती क्लब, डिगरनगरलाई दुई शून्य गोलअन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो भने आयोजक झरनाले प्रतियोगिताको बलियो दावेदार मानिएको बुटवलको गोर्खा ब्वाइजलाई २ का विरुद्ध ३ गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

फाइनल प्रवेश गरेका दुवै टोलीले उपाधी चुम्न लालायित रहेको प्रतिक्रिया दिएका छन । यसअर्थमा पनिआजको अन्तिम तथा फाइनल खेल रोमान्चक हुनेमा कुनै दुविधा छैन । स्वर्गीय खगी गुरुङसेनीको पुण्य स्मृतिमा असोज २ गतेबाट जारी प्रतियोगिताको उपाधि विजेताले नगद ३ लाख ३१ हजार रुपैयाँँ, यसैगरी उपविजेता टिमले १ लाख ८१ हजार रुपैयाँ, कप तथा सेमीफाइनलमा पुग्ने दुई टिमलाई जनही नगद २५ हजार रुपैयाँका साथै प्रत्येक खेलमा म्यान अफ दि म्याचलाई ३ हजार ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई १० हजार र सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँबाट पुरस्कृत हुनेछन् । प्रतियोगिता तिलोत्तमा नगरपालिकाको कुन्जलापुरस्थित उमा आधारभूत विद्यालयको खेल मैदानमा भइरहेको छ ।

तपाईको प्रतिक्रिया