00:00:00
स्थानिय

जाडोले कठाँग्रिएर तिलोत्तमा ८ दीपनगरमा युवकको मृत्यु

बुधबार माघ ९, २०८१/ Wednesday 01-22-25

प्रकाश पाण्डे । माघ ९ गते । जाडोले कठाँग्रिएर रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न ८ दीपनगरमा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा ८ दीपनगर स्थाई बसोबास गर्दै आएका बर्ष २८ का विष्णु खराल रहेका छन ।

खराललाई आज बिहान स्थानीय गाउँलेहरुले घर बाहिर लडिरहेको अवस्थामा देखेपछि तुरुन्त खबर गरि किमसन अस्पताल ल्याएपुर्याए पनि उनको राति नै मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । मृतक खरालको शव पोष्टमार्टमका लागी लुम्बिनी प्रादेशिक अस्पताल लैजाने तयारी भैरहेको छ ।

तपाईको प्रतिक्रिया