लर्ड बुद्ध ज्ञानज्योतिका विजयी विद्यार्थीलाई पुरस्कार वितरण
प्रकाश पाण्डे । माघ २० गते । रुपन्देहीको तिलोत्तमा १४ टिकुलिगढमा रहेको लर्ड बुद्ध ज्ञानज्योति इङ्गलिस बोर्डिगँ स्कुल तिनपा १४ द्धारा आयोजित सप्ताहब्यापी खेलकुदमा रेड हाउस प्रथम भएको छ । कुल २८ वटा स्वर्ण, २६ वडा रजत तथा २५ वटा कास्य पदक प्राप्त गर्दै रेड हाउस प्रथम भएको खेल सँयोजक रोशन शर्माले जानकारी दिनुभयो । खेल सप्ताहमा कुल २७ स्वर्ण, २७ रजत अनि २८ कास्य पदक जित्दै यल्लो हाउसले द्धितिय स्थान हासिल गर्यो भने १९ स्वर्ण २१ रजत एवँ २५ कास्य पदक जित्दै ग्रीन हाउसले तृतीय स्थान र १९ स्वर्ण, १७ रजत एवँ २० कास्य पदक जित्दै ब्लु हाउसले सान्त्वना स्थान हासिल गरे । विजयी विद्यार्थी तथा समुहलाई आइतबार नै शिल्ड, मेडल तथा प्रमाणपत्रले सम्मानित गरिएको विद्यालयका प्राचार्य तुल बहादुर सरागँकोटी पवनले जानकारी दिनुभयो ।
वहाँले माघ १३ गतेबाट शुरु भएको साताब्यापी खेलकुद प्रतियोगितामा कुल ७०० मेडलका लागी ६० वटा विधागत खेल प्रतियोगितामा विद्यार्थीहरुले उत्साहजनक ढँगले सहभागिता जनाएको बताउनुभयो । विद्यालय प्राँगणमा आइतबार आयोजित पुरस्कार वितरण कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रमोद यादव, तिलोत्तमा वडा न १४ अध्यक्ष आश्विन पौडेल, प्राचार्य तुलबहादुर सरागँकोटी राना पवन, प्रमुख वक्ताको रुपमा विद्यालयका प्रवन्ध निर्देशक नारायण भधण्डारी, विद्यालयका सहायक प्राचार्य अनिल थापा श्रीस मगर, विद्यालय सँयोजक दीपक शर्मा, प्राथमिक सँयोजक जमुना क्षेत्री, निमावि तह सँयोजक विजय गौतम, विद्यालयका लेखा प्रमुख नन्दु कुमारी गुरुगँ, लेखा सहायक तुल्सीमाया सुनारी मगर लगायतको सहभागिता रहेको थियो । उद्धघाटन सत्रको सन्चालन विद्यालयका सहायक प्राचार्य काशीराम ढकालले गर्नुभएको कार्यक्रममा खेल सँयोजक रोशन शर्मा तथा प्राथमीक तह सँयोजक जमुना क्षेत्रीले पुरस्कार वितरण अवधिभर कार्यक्रमको सन्चालन गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया