00:00:00
शिक्षा

विश्वशान्ति सामुदायिक आधारभूत विद्यालयको २० औं वार्षिकोत्सव

बिहीबार फाल्गुण ८, २०८१/ Thursday 02-20-25


तिलोत्तमा । फागुन ८ गते । विश्वशान्ति सामुदायिक आधारभुत विद्यालय तिलोत्तमा–९, नन्दनवनको २० औं बार्षिकोत्सव एवं अभिभावक दिवस बुधबार सम्पन्न भएको छ । प्रजातन्त्र दिवसको अवसर पारी आयोजित कायइक्रममा विद्यालयका अध्यक्ष हरि पाण्डेको अध्यक्षता एवं राष्ट्रिय सभा सदस्य गोपाल भट्टराईको प्रमुख आतिथ्यमा रहेको कार्यक्रममा बोल्ने बक्ताहरुले शिक्षालाई सिप, सिर्जना र प्रयोगसँग जोडेर लैजानु आजको मुल आवश्यकता रहेको बताएका छन । बक्ताहरुले तिलोत्तमा कै उत्कृष्ट मध्येको एक विश्वशान्तिलाई थप गतिशिल बनाउन आर्थिक तथा भौतिक पुर्वाधार लगायतका विषयमा पनि ध्यान दिनु आवश्यक रहेकोमा जोड दिएका छन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले देश सँघीयता गैसकेको अवस्थामा अझै पनि ३ तहका सरकार बीच शिक्षा सम्बन्धि कानुन निर्माण र कार्यान्वयनका बिषयमा आपसी तालमेल मिल्न नसकेको बताउनुभयो । वहाँले शिक्षा क्षेत्रमा देखिएका विभिन्न जटिलतालाई सही ढँगबाट सम्बोधन गर्नु आजको मुख्य आवश्यकता भएकाले विश्वबान्तिलाई हरेकहिसावले सुविधासम्मपन्न बनाउने आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै विशिष्ट अतिथि एवँ तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरदेवी चौधरीले गुणस्तरीय शिक्षा प्राप्तिका लागी व्यवसायिक र प्रयोगात्मक शिक्षालाई अंगाल्न सके सोचेजस्तो जनशक्ति उत्पादन गर्न सकिने बताउनुभयो  ।

विश्वशान्तिले छोटो समय मै सामुदायिक विद्यालयहरुको भिडमा छुट्टै र उत्कृण्ट पठनपाठन अँगालेको भन्दै उहाँले विद्यालय परिवारको प्रशंशा समेत गर्नुभयो । कार्यक्रममा विश्वशान्ति सामुदायिक आधारभुत विद्यालयका प्रधानाध्यापक डोलराज पाण्डेले विद्यालयको आर्थिक, शैक्षिक एवं ब्यवस्थापकिय प्रतिवेदन प्रस्तुत गर्दै उच्च कोटीको शैक्षिक गुणस्तरका लागि सबैको साथ सहयोग र सर्मथनको आवश्यकता पर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष हरि पाण्डेले गरिव, जेहेन्दार तथा उर्जावान विद्यार्थीहरुको पठनपाठनमा सहजता ल्याउन विद्यालयमा १० लाख बराबरको अक्षयकोष स्थापना गर्ने लक्ष्य अनुरुप काम गरिरहेको जानकारी दिनुभयो ।

पछिल्लो समय विद्यार्थी सँख्या बढ्दै जाँदा विद्यालयमा भौतिक पवौधार लगायतका विभिन्न कठिनाईहरुसाग जुध्नुपरेको भन्दै सबै पक्षबाट सहयोगको दायरा बढाउन आग्रह गर्नुभयो । तिलोत्तमा वडा न ९ का अध्यक्ष ध्रुव न्यौपाने, वडा सदस्य कमल रेग्मी, विभिन्नि विद्यालयका प्रअ तथा प्रतिनिधी, आमा समुहका अध्यक्ष तथा प्रतिनिधी, विभिन्न क्लवका अध्यक्ष तथा तिनका प्रतिनिधी, समाजसेवी, अभिभावक, विद्यार्थी लगायतको कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो ।

सो अवसरमा उत्कृष्ट अभिभावक सम्मान लगायत उच्च अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान र पुरस्कार वितरण गरिएको कार्यक्रममा विद्यालयको शुरुवाती कालबाटै सहयोग गर्दै आएको संर्घर्षशील आमा समुहले रु  १ लाख बराबरको अक्षयकोष तथा शिक्षक ममता शर्माले आमा विष्णुदेवीको स्मृतिमा रु २५ हजारको अक्षयकोष स्थापना गरेको घोषणा गर्नुभयो । कार्यक्रममा विभिन्न अक्षयकोषबाट प्राप्त ब्याजबाट गरिव तथा जेहेन्दार १० जना विद्यार्थीहरुलाई छात्रवुत्ति प्रदान गरिएको कार्यक्रममा विभिन्न नृत्य, गायन तथा साँस्कुतिक कार्यक्रम प्रस्तुत गरिएकोे थियो । जानकी भण्डारीको स्वागत रहेको कार्यक्रममा सहायक प्रअ तारा प्रसाद अर्यालले कार्यकमको सन्चालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया