तिलोत्तमा ५ मा आयोजित २ दिने नि:शुल्क पाठेघर परिक्षण सम्पन्न
तिलोत्तमा ५ का ८० प्रतिशत महिलाहरुमा पाठेघर सम्बन्धि समस्या
तिलोत्तमा । जेठ ९ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न ५ को आयोजना रहेको २ दिवशिय पाठेघरको निःशुल्क चेकजाँच शिबिर सम्पन्न भएको छ । वडा नं ५ को आयोजनामा २ दिनसम्म आयोजना गरिएको शिविरमा पाठेघरको मुख सम्बन्धि क्यान्सर र स्वास्थ्य परिक्षण साथै निशुल्क औषधी समेत वितरण गरिएको तिलोत्तमा वडा न ५ का सदस्य हरि पनतले जानकारी दिनुभयो ।
शिविरमा देवदह मेडिकल कलेजबाट आउनुभएका वरिष्ठ स्त्री रोग विशेषज्ञ डा आरती श्रेष्ठले २ दिनको अवधीमा २५० बढी महिलाहरको स्वास्थ्य चेकजाँच गर्दा ८० प्रतिशत महिलाहरुमा पाठेघर सम्बन्धि समस्या देखिएको र यस्तो समस्या हुन नदिन महिलाहरु स्वयम सचेत हुनपर्ने बताउनुभयो । २ दिनको अवधिमा चेकजाँचका अलावा शिविरमा आएका महिलाहरुलाई निशुल्क औषधी समेत वितरण गरिएको वडा अध्यक्ष रमेश डुम्रेले जानकारी दिनुभयो ।
यसअघि बिहिबार वडा कार्यालयमा आयोजित शिबिर उद्धघाटन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाडले स्वस्थ्य नगरपालिका बनाउन सबैको साथ, सहकार्य र अपनत्व आवशयक पर्ने बताउनुभएको थियो । समापन कार्यक्रममा वडा सदस्यहरु डायमण्ड गिरि, धर्मादेवी न्यौपाने, प्रमिला सुनार, तिलोत्तमाका,स्वास्थ्य निरिक्षक राम प्रसाद ढकाल, तिलोत्तमा–५ स्वास्थ्य शाखाका प्रमुख गणेश भण्डारी, स्वास्थ्य स्वयमसेविकाहरु, र वडा सचिव हरी खतिवडा लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया