करहिया सामुदायिक बनमा बृक्षारोपण कार्यक्रम
करिव ६ हजार ४ सय विरुवा रोपियो
तिलोत्तमा । असार २७ गते । करहिया सामुदायिक बन क्षेत्रभित्रको खाली जग्गामा बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ । शुक्रबार डिभिजन वन कार्यालय रुपन्देही, तिलोत्तमा सव वन डिभिजन कार्यालय तथा करहिया सामुदायिक बन उपभोक्ता समुह ८ को संयुक्त आयोजनामा बन क्षेत्रभित्र खाली रहेको करीब ४ हेक्टर क्षेबफलमा टिक, जामुन तथा गोलमोहर जातका करीब ६४ सय विरुवा रापिएको करहिया सामुदायिक बनका अध्यक्ष हरिलाल पाण्डेले जानकारी दिनुभयो ।
बृक्षारोपण कार्यक्रमको उद्धघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवंं तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाडले बृक्षारोपणलाई अभियान कै रुपमा अगाडी बढाउन करहिया सामुदायिक वनलाई आग्रह गर्नुभयो । वहाँले करहिया सामुदायिक बनले बोटानिकल गार्डेनको निर्माण गरेकोमा खुशी ब्यक्त गर्दै नगरपालिकाबाट आवश्यक बजेटको प्रबन्ध गरिने बताउनुभयो ।
कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय रुपन्देहीका वरिष्ठ वन अधिकृत सुदन धिमालले करहिया सामुदायिक वनको प्रगति लोभलाग्दो रहेको बताउनुभयो । वहाँले समुदायलाई साथै लिएर बृक्षारोपण लगायतका कार्यक्रमको आयोजना गर्दा त्यसले समुदायमा असल अभ्यासको उदाहरण पेश गरेको बताउनुभयो । करहिया सामुदायिक वनका अध्यक्ष हरिलाल पाण्डेले डिभिजन बन कार्यालयको बार्षिक निति अनुसार बृक्षारोपण कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
वहाँले झाडी भएको बा क्षेत्रलाई सफा गरेर बृक्षारोपणका लागी तयार पारिएको बताउनुभयो । कार्यक्रममा बोल्दै बनका सल्लहकार यज्ञ गैरेले करहिया बन क्षेत्रलाई आय आर्जन र पर्यापर्यटनसँग जोडेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । सव डिभिजन वन कार्यालयका रेन्जर ध्रुव प्रसाद थारु, तिलोत्तमा वडा न ८ का अध्यक्ष कृष्ण प्रसाद पौडेल, वनका सल्लाहकारहरु, पदाधिकारी तथा कार्यसमिति सदस्यहरु, उपभोक्ता एवं स्थानिय लगायतको सहभागिता रहेको कार्यक्रममा बाबुराम खरेलले स्वागत र वनका सचिव बिमला गुरुगंले कार्यक्रमको सन्चालन गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया