00:00:00
स्थानिय

तिलोत्तमा वडा नम्वर १ मा वृहत सरसफाई कार्यक्रम

हरियाली प्रवद्र्धन अभियान अन्तर्गतको १४६ औं संस्करण
बिहीबार श्रावण २, २०८२/ Thursday 07-17-25

बिन्दु भट्टराई,तिलोत्तमा  १ साउन । 
तिलोत्तमा नगरपालिकाको नगर सरसफाई तथा हरियाली प्रवद्र्धन अभियान अन्तर्गतको १४६ औं संस्करण तिलोत्तमा नगरपालिका वडा नम्वर १ मा भब्य कार्यक्रम गरी सम्पन्न भएको छ । नगरपालिकाले शुरुदेखिनै हरेक महिनाको १ र १५ गते विभिन्न स्थानमा सरसफाई अभियानलाई निरन्तरता दिदै आएको छ । सोही अनुरुप बिहिबार वडा नम्वर १ मा वृहत सरसफाई कार्यक्रम गरिएको हो । 

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख खाँणले सुन्दरताको पहिचान साथैै नगरलाई स्वास्थ्यमैत्री बनाउने अभियानलाई पनि संगसंगै लैजानुपर्नेमा जोड दिनुभयो । त्यसको लागि विशेषगरी भान्सा सुधार कार्यक्रममा ध्यान दिन सवैलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा उपप्रमुख चौधरीले अभियान सफल हुनुमा आम नागरिकको भुमिका महत्वपुर्ण भएको भन्दै धन्यवाद दिनुभयो । उहाँले करिव ७ वर्षसम्म जारी अभियानका कारण अन्राष्टिय स्तरमा चर्चा कमाउन सकेको प्रति खुसि व्यक्त गर्दै नागरिकमा अझै चेतना वृद्धि गर्नुपर्ने सुझाव दिनुभयो । 

त्यस्तै वडा नम्वर १ का वडा अध्यक्ष फर्सुराम गिरीले नगरलाई सुन्दर नगरका रुपमा सुनिश्चित गर्न सरसफाई अभियानले राम्रो गति लिएको भन्दै यसको निरन्तरतामा नगरपालिकाले विशेष ध्यान पुर्याउन आवश्यक बताउनुभयो ।  उहाँले सरसफाई नगर विकासको प्रथम मेरुदण्ड भएकोमा समेत जोड दिनुभएको छ । 

कार्यक्रममा तिलोत्तमा वडा नम्वर १ मा भएका विभिन्न संघ संस्थाहरु,वडा अध्यक्षहरु,सामुदायिक वन,वन विहार खानेपानी,सहकारी विद्यालय, टोलविकास संस्था ,क्लव,आमा समुहका करिव १२ सय भन्दा बढी सहभागि रहेको वडा सदस्य गिता न्यौपानेले जानकारी गराउनुभयो ।  

तपाईको प्रतिक्रिया