आनन्दवन मधुवन बहुउद्देश्यीय सहकारी संस्थाको २८ औं वार्षिक साधारणसभा
तिलोत्तमा । असोज २६ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा रहेको आनन्दवन मधुवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २८ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनका अध्यक्ष अर्जुनराज उपाध्यायले आर्थिक सशक्तीकरण र आत्मनिर्भर समाज निर्माणमा सहकारीहरुको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै पारदर्शिता, जवाफदेहिता र सदस्यप्रतिको उत्तरदायित्व सहकारीको आत्मा रहेको बताउनुभयो ।
सहकारीका अध्यक्ष दिनानाथ ढकालले संस्थाले विगत २८ वर्षमा हासिल गरेका उपलब्धिहरूको समीक्षा गर्दै सदस्यको विश्वासलाई मुख्य शक्ति मानेको बताउँदै सहकारीमार्फत आर्थिक सहयोग र समुदाय विकासमा योगदान पु¥याउन पाउँदा गर्व महसुस भएको बताउनुभयो । यस्तै सहकारीका उपाध्यक्ष जगत पौडेलले सदस्यहरूको सक्रिय सहभागिता र व्यवस्थापनको पारदर्शी नीतिका कारण संस्था निरन्तर प्रगतिको बाटोमा अघि बढिरहेको बताउनुभयो ।
साधारणसभामा एसइइ २०८१ मा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोरा–छोरीहरूका साथै ज्येष्ठ शेयर सदस्य र असल ऋणी सदस्यहरूलाई पनि सम्मान गरिएको थियो । ८ सय ६० जना सेयर सदस्य रहेको सहकारीको कुल सेयर पूँजी १ करोड १६ लाख ९६ हजार २ सय रहेको छ । सहकारीमा बचत निक्षेप ८ करोड ८० लाख ९० हजार २ सय ८३ रहेको छ भने ऋण लगानी ८ करोड ३२ लाख ७६ हजार रहेको साधारणसभामा जानकारी गराइएको छ ।
तपाईको प्रतिक्रिया