अन्तराष्ट्रिय
भलवारीमा तेस्रो वडाध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिता
शनिबार मङ्सिर २१, २०८२/ Saturday 12-06-25
तिलोत्तमा । मंसीर २० गते । भलवारी ब्याडमिन्टन क्लवको आयोजनामा १ दिवसीय तेस्रो वडाअध्यक्ष कप ब्याडमिन्टन शुरु भएको छ । वडा अध्यक्ष देवी पंगेनीले एक कार्यक्रमका बीच तिलोत्तमा ७ दुर्गा मन्दिर प्रागँणमा आयोजना गरिएको प्रतियोगिताको उद्धघाटन गर्नुभएको हो ।
सो अवसरमा बोल्दै अध्यक्ष पंगेनीले खेलकुदले एकता, भाइचारा र ब्यक्तित्व विकाशमा टेवा पुर्याउने बताउनुभयो । कार्यक्रममा बोल्दै क्लवका अध्यक्ष केएन सागर ज्ञवालीले मैत्रीपुर्ण प्रतियोगिता शनिबार दिनभर सन्चालन हुने बताउनुभयो । प्रतियोगितामा विधिन्न विधामा भिडन्त हुनेछ ।
तपाईको प्रतिक्रिया