तिलोत्तमा १ अन्तरटोल विकासको उपाधि बुद्ध टोललाई ,भातृत्वको भावनामा बृद्धि हुने वडा अध्यक्ष गिरीको विश्वास
तिलोत्तमा ,२९ पुस ।
तिलोत्तमा वडा नम्बर १ अन्तरटोल विकास संस्था पुरुष ४० वर्षमाथि फुटबल प्रतियोगिता २०८२ को उपाधि बुद्ध टोल विकास संस्थालाई मिलेको छ ।प्रतियोगितामा उप विजेता शान्तिमार्ग टोल विकास बनेको हो । यो संगै विजेता बुद्ध टोलविकास र उपविजेता शान्तिमार्ग टोल विकास संस्थाले क्रमशः नगद २५,००० ,१५००० ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका हुन् । फाइनल खेलको निर्धारित समयमा गोल हुन नसकेपछि ट्राइबेकरको आधारमा खेलाइएको थियो ।
वडाका १५ वटा टिमहरु सहभागीमध्ये बुद्धटोल विकास संस्था , नमुना टोल विकास संस्था , शान्तिमार्ग टोल विकास संस्था र नवदुर्गा टोल विकास संस्था गरी चार टिम सेमिफाइनलमा प्रवेश गरेका थिए ।
प्रतियोगितामा जेष्ठ खेलाडी कालिका टोल विकास संस्थाका गंगा बहादुर राना, सर्वोत्कृष्ट खेलाडी बुद्ध टोल विकास संस्थाका हेम प्रसाद बुढा ,उत्कृष्ट गोल रक्षक र शान्तिमार्ग टोल विकास संस्थाका धर्म पुन हाई स्कोरर बन्न सफल भएको खेल संयोजक वडा सदस्य मिलन रानाले जानकारी दिनुभयो ।
कार्यक्रमको अवसरमा वडा नंबर १ का वडा अध्यक्ष फर्सुराम गिरीले मेलमिलाप र भातृत्वको विकास गर्न खेलकुद कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले महिला,युवा गरी विभिन्न उमेरसमुहका वडावासिलाई कार्यक्रममा विगत देखिनै जोड्दै आईएकोमा यो वर्ष ४० वर्षमाथिका वडा बासिलाईलाई सहभागि गराईएको खेलमा वडाबासिको उत्साहको प्रशंसा व्यक्त गर्नुभएको छ । अध्यक्ष गिरिले खेलमा वडा नम्वर ४ भन्ने बनाउने गरी अगाडि बढ्ने समेत उद्धेश्य राखेकोमा जोड दिनुभयो ।
वडा सचिव हेमलाल न्यौपानेले कार्यक्रम सञ्चालन गर्नुभएकोकार्यक्रममा वडा सदस्य गीतादेवी न्यौपाने,हिरा विक लगायतको उपस्थिति रहेको कार्यक्रमको उद्धघाटनको सहजीकरण भने वडा सदस्य मिलन रानाले गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया