00:00:00
अर्थ/वाणिज्य

जिबि मार्ट प्रालि तिलोत्तमा ७ भलवारीको दोस्रो साधारण सभा

बुधबार माघ १, २०८२/ Wednesday 01-14-26

प्रकाश पाण्डे । पौष ३० गते । जिवि मार्ट प्रालि तिलोत्तमा ७ भलवारीको दोस्रो बार्षिक साधारण सभा सम्पन्न मंगलबार सम्पन्न भएको छ । मार्टका अध्यक्ष सुष्मा हमालको अध्यक्षता तथा संस्थाका जेष्ठ शेयर सदस्य कृष्ण प्र नेपालको प्रमुख आथिथ्य रहेको कार्यक्रममा सँस्थाले बर्षभरि गरेका काम कार्वाही र उन्नति प्रगतिबारे समिक्षा गरिएको थियो । तिलोत्तमा १५ पत्थरडाँडास्थित मिड पोइन्ट डायमण्ड रिर्सोटमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालले मार्टले आफुलाई अब्बल सावित गर्ने गरि  अघि बढनुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय सबैक्षेत्रमा प्रतिस्प्रर्धा बढिरहेको अवस्थामा मार्टले सर्वसुलभ रुपमा सर सामान विक्री वितरण गर्न सके ग्राहकको मन जित्न सकिने बताउनुभयो ।
सभामा बोल्दै मार्टका सँरक्षक तथा सल्लाहकार देवानन्द पाण्डेले लक्ष्य अनुरुप मार्टले काम गर्ने प्रयास गरिरहेको र त्यसमा सफल हुन सबैको साथ, सहयोग र सर्मथन आवश्यक पर्ने बताउनुभयो । पछिल्लो समय बजारमा देखिएको मन्दि लगायतलाई चिर्दै अघि बढनु आफैमा चुनौतिपुर्ण रहे पनि सँस्थाले सबै चुनौतीलाई हल गरेर अघि बढ्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।
मार्टका अध्यक्ष सुष्मा हमालले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा लेखा सँयोजक माधव प्रसाद पाण्डेले लेखा प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधी शोभाकान्त ढकाल, मार्टका सल्लाहकारहरु नेत्र प्रसाद बस्याल, रामकाजी गुरुगं, कृष्ण प्र पोख्ररेल, सुर्य प्रसाद न्यौपाने लगायतको सहभागिता रहेको थियो । कार्यक्रम लेखा सदस्य सीता पौदेलको स्वागत मन्तब्य तथा सदस्य विष्णु पाण्डेको सन्चालनमा भएको थियो । विसँ २०८० साल भदौ १२ गते स्थापित जिवि मार्ट प्रालिमा घरायसी दैनिक उपभोग्य सामान, डेरीजन्य बस्तु तथा पेय पदार्थहरु पाउनुका साथै बालबालिकाका लागी आवश्यक सम्पुर्ण सरसामान सुपथ मुल्यमा पाइन्छन । हाल जिवी मार्टमा ८३ जना शेयर सदस्य आवद्ध रहेका छन ।
 

तपाईको प्रतिक्रिया