तिलोत्तमा । माघ १४ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न ६ मा रहेको डन मोडेल एकेडेमी तिलोत्तमा ६ नयाँमिलमा खेल सप्ताह शुरु भएको छ । बुधबार एक समारोहका बीच विद्यालय संचालक समिति अध्यक्ष यज्ञ प्रसाद ज्ञवालीले बेलुन उडाएर खेल सप्ताह शुरु भएको घोषणा गर्नुभयो । माघ १४ गतेबाट शुरु भएको खेल सप्ताह माघ २० गतेसम्म सन्चालन हुनेछ भने भलिबल, क्रिकेट, एथलेटिक्ससँगै विभिन्न बौद्धिक तथा रोमान्चक खेलहरुमा विद्यार्थीहरुले प्रतिस्प्रर्धा गर्ने विद्यालयका प्राचार्य सुबोध भट्टराईले जानकारी दिनुभयो ।
वहाँले प्राइमरी, जुनियर तथा सिनियरतर्फका विद्यार्थीहरुले प्रतिस्प्रर्धामा भाग लिएको बताउनुभयो । खेल सप्ताहमा बोल्ने वक्ताहरुले विद्यार्थीहरुमा लुकेर रहेका प्रतिभा प्रस्फुटन तथा खेलकुद मार्फत विद्यार्थीको प्रतिभा छनोट गर्न खेल सप्ताह उपयोगी हुने बताएका थिए । कार्यक्रममा बोल्दै विद्यालयका इसिए कोअर्डिनेटर सुमन श्रेष्ठले २० गतेसम्म सन्चालन हुने प्रतियोगिताले विद्यार्थीको शारिरीक, बोद्धिक र मानसिक बृद्धि विकाशमा महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका पुर्व अध्यक्ष नारायण प्रसाद रेग्मी, ऋषिराम भण्डारी, निर्वतमान अध्यक्ष शिव कुमार पाठक, निर्वतमान उपाध्यक्ष छविलाल अधिकारी, कोषाध्यक्ष इन्द्रदत्त सापकोटा, लोकराज चापागाई लगायतको सहभागिता रहेको थियो । यसैगरि लेखा संयोजक खेमप्रसाद गौतम, सदस्य टिकाराम न्यौपाने, विष्णु प्रसाद भण्डारी सोम, सम्पुर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया