तिलोत्तमा । साउन १७ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ मा मृगौला पीडित महादीप थापा (दीपक) को उपचार तथा मृगौला प्रत्यारोपणका लागि सहयोग जुटाउने उद्देश्य सहितको बैठक सम्पन्न भएको छ । शनिबार आयोजित बैठकले पीडितको उपचारका लागि प्रभावकारी रूपमा सहयोग अभियान सञ्चालन गर्ने निर्णय गर्दै माउण्ट एभरेष्ट कत्था मिल्स प्रा.लि. का प्रबन्ध निर्देशक बसन्त रोक्का क्षेत्री को संयोजकत्वमा सहयोग संकलन समिति गठन गरेको छ ।
बैठकले आगामी दिनमा घरदैलो तथा विभिन्न माध्यमबाट जनसमुदायमा पुगेर मृगौला प्रत्यारोपणका लागि आवश्यक आर्थिक सहयोग संकलन गर्ने निर्णय समेत गरेको छ । अभियानमा संलग्न व्यक्तिहरूले महादीप थापाको जीवनरक्षाका लागि सबै क्षेत्र र समुदायबाट सक्दो आर्थिक तथा नैतिक सहयोग गर्न अपिल गरेका छन् । बैठकमा वडा नं. १६ का जनप्रतिनिधि, उद्योगपति, टोल विकास संस्थाका प्रतिनिधि, आमा समूह, क्लब, व्यवसायी तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया