00:00:00
खेलकुद

तिलोत्तमामा ८१ प्रशिक्षार्थीको कराँते बेल्ट ग्रेडिङ सम्पन्न

शनिबार असोज ३, २०८३/ Saturday 09-19-26

तिलोत्तमा । असोज ३ गते । जापान गोजुरियो डो मिसन संघ नेपालले तिलोत्तमाका विभिन्न डोजोमा प्रशिक्षणरत कराँते प्रशिक्षार्थीहरूको बेल्ट ग्रेडिङ सम्पन्न गरेको छ । तिलोत्तमा–६, कुञ्जलापुरस्थित मगर भवनमा आयोजित कार्यक्रममा तिलोत्तमा क्षेत्रभित्रका विभिन्न डोजोका ८१ जना प्रशिक्षार्थी सहभागी भएका थिए । कार्यक्रमका प्रमुख अतिथि संघका प्रमुख सल्लाहकार तथा कराँते महासंघ लुम्बिनी प्रदेशका संरक्षक भरतबहादुर केसीले कराँते अहिले सबैको रोजाइ बन्दै गएको बताउनुभयो । उहाँले कराँतेमा लागेर खेलकुदसँगै जीवनयापनका विभिन्न अवसर र बाटोसमेत खुल्न सक्ने उल्लेख गर्नुभयो । 
कार्यक्रममा विशिष्ट अतिथि तिलोत्तमा नगर कार्यपालिका सदस्य नरबहादुर छन्तेल सहित स्थानीय समाजसेवी, बुद्धिजीवी तथा राजनीतिक व्यक्तित्वहरूको सहभागिता रहेको संघका केन्द्रीय संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक केबी राना काजीले जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन रजिना दर्लामीले गर्नुभएको थियो ।
 

तपाईको प्रतिक्रिया