00:00:00
स्थानिय

२६ औँ स्थापना दिवस : काउन तिलोत्तमा नगर समितिको सरसफाई कार्यक्रम

मंगलबार श्रावण २६, २०८३/ Tuesday 08-11-26

तिलोत्तमा । साउन २६ गते । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) तिलोत्तमा नगर समितिले आफ्नो २६ औँ स्थापना दिवस अवसरमा मंगलबार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

विभिन्न सामाजिक कार्यक्रम गरी स्थापना दिवस मनाइरहेको काउनले मंगलबार तिलोत्तमा ९ शंकरपुरस्थित नगरपालिका जाने गेट हुदै तिलोत्तमा नगरपालिकासम्म जाने सडकको दायाँवाया झाडी बुट्यान सरसफाई गरेको काउनका तिलोत्तमा नगर सचिव देवबहादुर थापाले जानकारी दिनुभयो ।

 स्थापना दिवसलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्ने क्रममा सामाजिक उत्तरदायित्व अन्र्तगत केही नयाँ काम गरौं भन्ने उद्धेश्यले सरसफाई कार्यक्रम गरेको थापाको भनाई थियो ।

सरसफाईमा काउनमा आवद्ध श्रमिक, पदाधिकारी, स्थानीय, नगर प्रहरी तथा मंगलापुरस्थित ट्राफिक विटका प्रहरीहरुको उल्लेख्य सहभागिता रहेको थियो । यसअघि काउन तिलोत्तमा नगर समितिले सोमबार रक्तदान तथा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको थियो । 
 

तपाईको प्रतिक्रिया