नृत्यदेखि ‘गुड पेरेन्टिङ’सम्म : न्यु इन्भाइरन्मण्टमा कक्षा एकका विद्यार्थीको आकर्षक प्रस्तुति
तिलोत्तमा । न्यु इन्भाइरन्मण्ट मावि तिलोत्तमा ५ मणिग्राममा कक्षा एकका विद्यार्थीहरूको प्रस्तुति तथा अन्तरक्रिया कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।
आज विद्यालयका प्रबन्ध निर्देशक हरि प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कक्षा एकका विद्यार्थीहरूले विभिन्न शैक्षिक तथा सिर्जनात्मक गतिविधिसहित आकर्षक नृत्य प्रस्तुत गरेका थिए।
विद्यार्थीहरूले CPRS Activity अन्तर्गत मौसमसम्बन्धी गीत, Family Members Role Play, Mini White Boardमार्फत सिकाइ प्रस्तुति, पोषिलो तथा पत्रु खानासम्बन्धी क्रियाकलाप, Seasonal Board, Community Helpers Song with Action लगायतका प्रस्तुति दिएका थिए। साथै विद्यार्थीहरूले सातवटा आकर्षक नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रमको उद्घाटन ८९ वर्षीया अभिभावक सुशीला तिमिल्सिनाले सरस्वतीको तस्वीरमा टीका–अबिर लगाई दीप प्रज्वलन गरेर गर्नुभएको थियो। कार्यक्रममा विद्यार्थी सम्राट गिरीले स्वागत मन्तव्य, सिवांक बिष्टले सरस्वती वन्दना र आरुषी घिमिरेले पञ्चशील प्रस्तुत गरेका थिए।
कार्यक्रममा प्राचार्य मधु प्रकाश ज्ञवालीले Good Parenting विषयमा अभिभावक केन्द्रित प्रस्तुति दिँदै सकारात्मक अभिभावकत्व, पारिवारिक समय, संवाद, पढ्ने बानी, भावनात्मक सुरक्षा र सन्तुलित डिजिटल प्रयोगका विषयमा अभिभावकलाई मार्गदर्शन गर्नुभयो।
प्रबन्ध निर्देशक न्यौपानेले बालबालिकाको सर्वाङ्गीण विकासका लागि विद्यालय र अभिभावकबीचको सहकार्य आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा अभिभावकहरूले विद्यार्थीका प्रस्तुति अवलोकन गर्दै विद्यालयले बालबालिकाको क्षमता र आत्मविश्वास विकासमा गरेको प्रयासको प्रशंसा गरेका थिए।
तपाईको प्रतिक्रिया