स्थानिय
रुद्रगण धार्मिक संस्थाको रक्तदानबाट २५७ पिन्ट रगत संकलन
आइतबार असोज २५, २०८३/ Sunday 10-11-26
तिलोत्तमा । असोज २५ गते । रुद्रगण धार्मिक संस्थाले पाँचवटा पालिकामा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रमबाट २५७ पिन्ट रगत संकलन गरेको छ । संस्थाले बुटवल, भैरहवा, तिलोत्तमा, लुम्बिनी र शुद्धोधनका विभिन्न स्थानमा रक्तदान कार्यक्रम सञ्चालन गरेको हो । रक्तदानबाट संकलित रगतले रगत अभावका कारण उपचारमा समस्या भोगिरहेका बिरामीको जीवनरक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको छ । मानवीय सेवा, सामाजिक उत्तरदायित्व र रक्तदानसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ । ‘रक्तदान गरौँ, जीवनदान गरौँ’ भन्ने सन्देशसहित आयोजित कार्यक्रममा रक्तदान गर्ने सबै रक्तदाताप्रति संस्थाले आभार व्यक्त गरेको छ ।
तपाईको प्रतिक्रिया