00:00:00
खेलकुद

तिलोत्तमामा सन्तु दंगोरिया थारूको अध्यक्षतामा कराँते डोजो गठन 

बिहीबार मङ्सिर ४, २०८३/ Thursday 11-19-26

प्रकाश पाण्डे । मंसीर ३ गते । तिलोत्तमा नगरपालिकामा कराते खेलको प्रवद्र्धन तथा खेलाडी उत्पादनलाई प्राथमिकतामा  राख्दै  प्रभावकारी बनाउने उद्देश्यले नेपाल सितोरियो कराँते डो संघ अन्तर्गत तिलोत्तमा डोजो गठन गरिएको छ ।

तत्कालका लागी पछि थप गर्न मिल्ने गरि ९ सदस्यीय डोजो समिति सर्वसम्मत रूपमा चयन गरिएको हो । बुधबार तिलोत्तमा नगरपालिका–५, मणिग्रामस्थित द ट्रयाङ्गल रेस्टुरेन्ट एन्ड लाउन्जमा आयोजित बैठकले सन्तु दंगोरिया थारूको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवगठित डोजाको उपाध्यक्षमा सञ्जय कुमार चौधरी थारू, सचिवमा अतित कुँवर, सहसचिवमा दिलकुमारी रोकाहा र कोषाध्यक्षमा दिलमाया राना चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा बेदप्रसाद अर्याल, प्रदीपा कुँवर, प्रिजन थापा र मोहित थापा चयन हुनुभएको छ ।

डोजोको सल्लाहकारमा अन्तर्राष्ट्रिय कराँते खेलाडी तचथा बासु बस्याल, समाजसेवीहरु जीतु थापा, नारायण ढकाल र विष्णु श्रेष्ठ चयन हुनुभएको छ ।

नेपाल सितोरियो कराँते संघ लुम्बिनी प्रदेशका अध्यक्ष सन्तोष सिहको प्रमुख आतिथ्यता रहेको बैठकमा रुपन्देही जिल्ला खेलकुद प्रशिक्षक तथा एकेएफ कोच उमेश थापा र माधव घिमिरे, सितोरियो कराते संघ रुपन्देहीका उपाध्यक्ष रामकक्ष ठाकुर लगायतको आतिथ्य रहेको थियो ।

तपाईको प्रतिक्रिया