दुर्गा मन्दिर युवा क्लब डीएमसी तुल्सिपुरको रक्तदानमा ४८ पिन्ट रगत संकलन
तिलोत्तमा । दुर्गा मन्दिर युवा क्लब (डीएमसी), तुल्सिपुर, तिलोत्तमा–९ को आयोजनामा शनिबार सम्पन्न आठौँ रक्तदान कार्यक्रममा ४८ पिन्ट रगत संकलन भएको छ । ‘रक्तदान जीवनदान’ भन्ने सन्देशका साथ आयोजित कार्यक्रममा स्थानीय युवासहित विभिन्न क्षेत्रका नागरिकले उत्साहजनक सहभागिता जनाएका थिए । क्लबका अध्यक्ष छवि श्रीसको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तिलोत्तमा नगरपालिका–९ का वडाध्यक्ष ध्रुव न्यौपाने प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा तिलोत्तमा रक्तदाता समाजका अध्यक्ष गोविन्द बन्जाडेले रक्तदानको महत्व, यसको आवश्यकता तथा सुरक्षित रक्तदान प्रक्रियाबारे जानकारी गराउँदै नियमित रक्तदानले बिरामीको जीवन बचाउन महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।
तिलोत्तमा–९ स्थित प्रिन्सा आउटफिट्सको प्राङ्गणमा सञ्चालन भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक टोलीले रक्त संकलन तथा आवश्यक प्राविधिक सहयोग गरेको थियो । आयोजक क्लबले रक्तदान कार्यक्रममा सहभागी भई मानव जीवन बचाउने अभियानमा योगदान पु¥याउने सम्पूर्ण रक्तदाताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
तपाईको प्रतिक्रिया