00:00:00
शिक्षा

कुवँरवर्ती बोर्डिङ स्कुलमा ‘कुवँरवर्ती गट ट्यालेन्ट–२०८३’ आयोजना

अन्तिम तथा फाइनल प्रतिस्प्रर्धा आगामी शुक्रबार हुने
शुक्रबार भदौ ५, २०८३/ Friday 08-21-26

तिलोत्तमा । भाद्र ५ गते । रूपन्देहीको तिलोत्तमा–८, प्रदीपनगरस्थित कुवँरवर्ती बोर्डिङ स्कुलद्धारा आयोजित ‘कुवँरवर्ती गट ट्यालेन्ट–२०८३’ अन्तर्गतको सेमीफाइनल संस्करण सम्पन्न भएको छ । विद्यार्थीमा रहेको प्रतिभा पहिचान तथा प्रस्फुटन गराउने उद्देश्य सहित आयोजित कार्यक्रमबाट १५ जना प्रतिस्प्रधी विद्यार्थीले फाइनल यात्रा तय गरेका छन । कक्षा ४ देखि ९ सम्मका विद्यार्थी सहभागी रहेको ‘कुवँरवर्ती गट ट्यालेन्ट–२०८३’ को सेमीफाइनलमा ३० जना विद्यार्थी सहभागी थिए ।

‘गुणस्तरीय सँगसँगै व्यावहारिक शिक्षातर्फ अग्रसर संस्थाले अध्ययन अध्यापनका अलावा विद्यार्थीको सिर्जनात्मक क्षमता, कला तथा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको विद्यालयका प्राचार्य दीपक खनालको भनाई छ । प्रतियोगितामा सहभागी विद्यार्थीहरूले विभिन्न विधामार्फत आफ्ना प्रतिभा प्रस्तुत गरेका गरेको कार्यक्रममा गायन, नृत्य लगायतका विभिन्न सिर्जनात्मक प्रस्तुती मार्फत आफ्नो क्षमता प्रदर्शन गरेका थिए । प्रतियोगितामा अन्तिम तथा फाइनल प्रतिस्प्रर्धा आगामी शुक्रबार आयोजना हुदैछ ।

विद्यार्थी माझ अन्तरनिहित आत्मविश्वास, अनुशासन र प्रतिभालाई प्रस्फुटन गर्न गराउन आयोजित कार्यक्रममा विद्यालयका अध्यक्ष लक्ष्मण खनाल, प्राचार्य दीपक खनाल, हिलवर्ड स्कुल कपिलवस्तुका प्रवन्ध निर्देशक बुद्धिराम पौडेल, निर्णायकको भुमिका रहनुभएका सुन्दर गुरुगँ लगायतको सहभागिता रहेको कार्यक्रम सन्चालक तथा विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख युवराज रिमालले जानकारी दिनुभयो । ब्रिटिस काउन्सिलको इन्टरनेसनल स्कुल अवार्ड २०१९–२०२२ समेत प्राप्त गरेको कुण्वरवर्ती इङ्लिस बोर्डिङ स्कुलले अन्तर्राष्ट्रिय स्तरको शिक्षण सिकाइसँगै विद्यार्थीको चौतर्फी विकासलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ । 

तपाईको प्रतिक्रिया