00:00:00
शिक्षा

प्याब्सन रूपन्देहीद्वारा जिल्लास्तरीय चित्रकला प्रतियोगिता

शनिबार असोज ३, २०८३/ Saturday 09-19-26

तिलोत्तमा । असोज ३ गते । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) रुपन्देहीको आयोजनामा आज तिलोत्तमामा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । कुल ६२ वटा विद्यालयका १६१ जना विद्यार्थीहरूको सहभागिता रहेको उक्त प्रतियोगिता तीन फरक समूहमा सञ्चालन गरिएको थियो । प्याब्सन रुपन्देहीका अध्यक्ष दीपक खनालको अध्यक्षता तथा प्रदेश अध्यक्ष लालहरि पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । उपाध्यक्ष भोजराज पौडेलको स्वागत तथा दिनुभएको सचिव बोधराज गौडेलको सञ्चालनमा भएको कार्यक्रममा केन्द्रीय सदस्य खगेन्द्र राणा, यज्ञमूर्ति पाण्डे, अनन्तराम शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । प्रतियोगितामा वरिष्ठ आर्टिष्टद्धय मन गोल्डी र एच.बी. राम्तेल रहनुभएको थियो ।

प्रतियोगिताको नतिजा अनुसार जुनियर समूहमा तिलोत्तमाको सिद्धार्थ प्रथम, बुटवलका दीप द्वितीय, एभरेस्ट तृतीय र मायादेवीको सिद्धार्थ मोर्डन तथा बुटवलको गार्गी ऐकेडेमी चौथो भएका छन् । यस्तै मिडिल समूहमा बुटवलको दीप प्रथम, तिलोत्तमाका सिद्धार्थ द्वितीय, तिलोत्तमको ब्रिटिश ग्रामर तृतीय र बुटवलका गार्गी तथा आवर पिसल्याण्ड चौथो भएका छन् । सिनियर समूहमा तिलोत्तमाका सिद्धार्थ प्रथम, प्यारामाउन्ट द्वितीय, कुवँरवर्ती तृतीय र पामिर र तिनाउ चौथो भएका छन् । विद्यार्थीहरूमा लुकेको सिर्जनात्मक क्षमता र कलात्मक प्रतिभाको प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएका छन् । 
 

तपाईको प्रतिक्रिया