हौसला सहकारीको १५औँ साधारण सभा
कुल पुँजी करिब ७ करोड
तिलोत्तमा । असोज २५ गते । हौसला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । तिलोत्तमा ८ स्थित करहिया मक्रहर खानेपानी संस्थाको सभाहलमा आयोजित साधारण सभामा बोल्ने वक्ताहरुले आर्थिक सबलीकरणलाई अंगाल्दै आत्मनिर्भर समाज निर्माणमा हौसला सहकारीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका थिए । वक्ताहरुले आर्थिक पारदर्शिता, जवाफदेहिता र सदस्यप्रतिको उत्तरदायित्वलाई सहकारीले मुलमन्त्रका रुपमा अंगालेको बताएका थिए ।
संस्थाका अध्यक्ष रवीलाल पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा ज्येष्ठ सदस्य भगीरथी भण्डारीको प्रमुख आतिथ्यता तथा हिरादेवी आचार्यको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका हालका पदाधिकारी, पूर्वअध्यक्षहरू, सल्लाहकार तथा पुर्व सल्लाहकार खेमप्रसाद गौतम, भैरवलाल सुवेदी, यज्ञ गैरे, विष्णुप्रसाद पाण्डे, गोविन्द गौतम, मथुरा भण्डारी, ऋषिराम पाण्डे, डोलराज पाण्डे तथा केशवराज ढकाल लगायतको सहभागिता रहेको थियो । संस्थाका सचिव ईश्वरी न्यौपानेले सञ्चालन गर्नुभएको कार्यक्रममा अध्यक्ष रविलाल पाण्डेले संस्थाको वार्षिक प्रतिवेदन, लेखा समिति संयोजक मणिराज गैरेले लेखा प्रतिवेदन तथा कोषाध्यक्ष सुनिल पाण्डेले कोषाध्यक्षको प्रतिवेदन सहित आर्थिक वर्ष २०८३÷८४ को अनुमानित वार्षिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष राधाकुमारी गौतमको स्वागत रहेको कार्यक्रममा संस्थाका सेयर सदस्यमध्ये दुई जना दन्त चिकित्सक, कक्षा १२ मा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थी र असल ऋणीलाई सम्मान गरिएको थियो । तिलोत्तमा–८, ज्योतिनगरमा रहेर वित्तीय कारोबार गर्दै आएको संस्थामा हाल ४२५ जना सेयर सदस्य आबद्ध छन् । संस्थाको कुल पुँजी करिब ७ करोड रुपैयाँ रहेको छ भने ऋण लगानी ५ करोड ६९ लाख रुपैयाँ पुगेको छ । संस्थाले ५ लाख रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गरेको संस्थाका व्यवस्थापक तेजप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया